धराप ढलमा बालक बेप’त्ता, जिम्मेवार को ?

काठमाडौं : काठमाडौं कपनस्थित साततले, पाथीभरा टोलकी ६० वर्षीया धनमाया विश्वकर्मा घरभित्र रुँ’दै एकोहोरो स्वरमा पति मंगलेलाई भन्दै थिइन्, ‘नातिलाई खोजेर ल्याउनुस्। सास बाँकी छैन भने ला’स भए पनि लिएर आउनुस्।’ धन मायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा १० वर्षीय भदाको फोटो हेर्दै भक्का’निन्छन्। कोलाहलको स्थिति समाल्न नसकेर मंगले खाटबाट जुरुक्क उठेर घरबाहिर निस्कन्छन्।

घरपारि बगिरहेको वाग्मती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन् । कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो । काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेप’त्ता भएका छन्।

ठूलो वर्षा भएकाले ढल भरिभराउ थियो। उज्ज्वल ढलमा खसेर बेप’त्ता भएपछि हजुरबुवा मंगले, हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँ’सु रोकिन सकेको छैन।९ वर्षअघि छोरा–बुहारी आआफ्नो बाटो लागेपछि मंगले, धनमाया, अनिता र सुनिताले उज्ज्वलको हेरचाह गर्दै आएका थिए। ‘हाम्रो बुढेसकालको सहारा नाति कहिल्यै नफर्किने गरी गयो,’ भा’वुक हुँदै धनमायाले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ ?’

उज्ज्वल ढलमा ख’से लगत्तै वरपरका मानिस उद्धारमा लागे पनि भेट्टाउन सकेनन्। बुढानीलकण्ठ नगरपालिका–१२, कपनको मिलन चोकमा खुद्रा पसल सञ्चालन गरिरहेका शम्भु थापाले मुसलधारे वर्षा भएपछि रमाउँदै आइ रहेका उज्ज्वल मुख नछोपिएको ढलमा ख सेर बेप’त्ता भएको बताए। ‘ती बाबु वर्षा भएपछि रमाउँदै आइरहेका थिए,’ थापाले भने, ‘उनलाई देखेपछि परिचित दाइ चि’च्याएको सुनेर ढलमा पर्नबाट जो’गाउन दौडिँदै थियौं।

आँखा झिमिक्क गर्न नपाउँदै ती बाबु ढलमा ख’से। हामी पुग्दा उनी बेप’त्ता भइसकेका थिए।’ उनीहरूले करिब साढेआठ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १००मा फोन गरी घटनाबारे खबर दिएका थिए। प्रहरी र स्थानीयले राति ११ बजेसम्म खोजी गरेपनि उज्ज्वल फेला परेनन्। ‘कपन क्षेत्रको बाटो बिग्रिएको चार वर्ष भइसकेको छ यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्