बिरामी बुबा आमा पाल्न रिक्सा चलाउँदै १५ बर्षिय बालक !

काठमाडौं : काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि’रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्यलाई छोडेर आमाबुबालाई ख्याल गर्न आफू लागिपरेका छन् । आफ्ना उमेरका साथीहरू स्कुल जाने, खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो । उनी आफ्नो खुट्टा पाइडलमा नपुगेपनी निकै मिहेनत गर्दै रिक्सा चलाउ छन् । बुबा बाइक दुर्घ’टनामा परेर घा’इते भए पछि उनले घरको जिम्मा आफुले लिएका हुन् । कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा चलाइरहेका छन् । आमाले गाउँमै अलिअलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रिक्सा चलाइरहेका छन् ।

सुन्दरले चलाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहु लाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए । आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकिरहेका छैनन् । सधेरै मान्छेले सानो बच्चाले रिक्सा कुदाउन नसक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे ।यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्