बुद्ध एयरको जहाजभित्र रुवाबासी, जहाज भित्रका यात्रु भन्छन्- ‘हामिले त आश मारिसकेका थियौं’

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ । आज बिहान काठमाडौं बाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइ सकेको बताए ।जहाज सुरक्षित अवतरण भएकाले सम्भावित सं’कट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन ।

सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो। अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधादर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए । जहाजले आकाशमा धेरैबेर फन्को

लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’

जहाजमा यात्रा गरिरहेका यात्रुका अनुसार एयर होस्टेजले आफु अरुलाई न आतिनुस जहाजको फ्युल सकाएर तपाइँहरुलाई सकुशल अवतरण गराउछौ भन्दै सान्तवना दिएका थिए। उनीहरुले रुवाबासी गरिरहेका यात्रु लाइ जहाजको फ्युल सकिएपछी जहाजमा आ’ग लागी नहुने र ल्याण्ड गर्ने ठाउमा पनि र फम बिछ्याएर अवतरण गराउने भन्दै सम्झाएका थिए । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्