पेट फुल्ने समस्या र कब्जियतबाट पीडित हुनु हुन्छ भने बिहान सधैं मेवा खानुहोस्

एजेन्सी : स्वास्थ्यको हिसाबले मेवा सधैं फाइदाजनक मानिन्छ । मेवामा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा बढी हन्छ जसका कारण मधुमेह, मुटुरोग र अल्जाइमर हुँदा समेत खान फाइदाजनक छ। यसबाहेक मेवामा केही विशेष तत्व हुन्छन् जस्तै यसमा ल्यूटिन र जेक्सेन्थिन केरोटिनोयट्स हुन्छन् ।

यस्तै यसमा भिटामिन सी र भिटामिन इ पनि हुन्छन् जसले प्रतिरोधी बढाउनुका साथै छाला र कपालका लागि पनि यो थुप्रै प्रकारले लाभदायी छ । साथै, यसले आँखाका थुप्रै समस्या पनि रोक्न सक्छ । तर यदि तपाईं खाली पेटमा मेवा खानु हुन्छ भने यसले बढी फाइदा पुर्याउँछ । विशेषगरी, पेट र आन्द्रासँग सम्बन्धित रोगद्वारा ग्रसित मानिसहरुका लागि मेवा खानु थप फाइदाजनक छ । त्यो कसरी ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

१. पेट फुल्ने समस्यामा फाइदाजनक : खाली पेट मेवा खाँदा तपाईं पेट फुल्ने समस्याबाट बच्न सक्नुहुन्छ । खराब पाचन भएका मानिसहरुका लागि दैनिक मेवा खान आवश्यक छ । वास्तवमा पेट फुल्ने सम’स्या थुप्रै पटक तनावका कारण पनि हुनेगर्छ । मेवाले पाचनतन्त्रमाथिको तनाव हटाउँछ र खानालाई तीब्र रुपमा मेटाबोलाइज गर्न मद्दत गर्छ । मेवामा पपेन नामको एन्जाइम हुन्छ जसले खानलाई मसिनो टुक्रा पार्न मद्दत गर्छ र एसिडिटीलाई रोक्छ । साथै, यसका केही एन्टीअक्सिडेन्टले पेट फुल्न बाट रोक्छ ।

२. कब्जियत हटाउँछ : मेवा कब्जियतका बिरामीका लागि रामबाण उपचार हो । यसमा फाइबर हुन्छ जसले बावेल मुभमेन्टलाई तीब्र गराउँछ र दिसालाई नरम बनाउँ छ तसर्थ तपाईंलाई बिहान पेट सफा गर्न सहज हुन्छ। यस बाहेक मेवा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ जसले कब्जियतको समस्या रोक्छ र एक स्वस्थ पाचन तन्त्रलाई प्रोत्साहित गर्छ। मेवामा पाइने अर्को एउटा एन्जाइम काइमोपोपेनले मेटाबोलिजममा सुधार ल्याउन सक्छ । यसबाहेक खाली पेटमा मेवा खाँदा अपच, सुन्निने, कब्जियत र पेट खराब हुनेजस्ता पाचन सम्बन्धि थुप्रै समस्या ठिक हुने गर्छ । यदि तपाईं पुरानो कब्जियतबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाईं खाली पेट मेवा खानुहोस् ।

३. महिनावारीको पी’डा र ब्लोटिङ कम गर्छ : महिनावारी हुँदा पी’डा र ब्लोटिङ कम गर्न मेवाले तपाईंलाई सहयोग गर्न सक्छ । वास्तवमा मेवा एन्टिइन्फ्लेमेटरी गुणले भरपुर हुन्छ र महिना वारीका बेला हुने दु’खाई र ब्लटिङलाई सहजै कम गर्न सक्छ । यसले ऐठन कम गर्न सक्छ । मेवामा भएको केरोटिन ग’र्भाशयको सं’कुचनलाई प्रोत्साहित गर्छ र महिनावारीलाई प्रेरित गर्छ जसका कारण तपाईं अनियमित म’हिना वारीबाट बच्न सकिन्छ । साथै, केरो’टिन एस्ट्रोजन ह’र्मोनको उत्पादनलाई पनि बढाउने गर्छ जसले महिनावारी र ग’र्भावस्था दुबैलाई स्वस्थ तरिकाले कायम राख्छ ।

४. मधुमेहमा फाइदाजनक : मधुमेह बिरामीका लागि खाली पेट मेवा खाँदा निकै फाइदा जनक छ । वास्वतमा, मेवा लो ग्लाइेमिक इन्डेक्स फुड्समध्ये एक हो जसले सुगरलाई कम गर्न मद्दत गर्छ । यो खाली पेटमा खाँदा शरीरमा सुगरको मात्रा अचानक बढ्दैन र दिनभरी यो नियन्त्रणमा रहन्छ । यसलाई खाली पेटमा दैनिक खाँदा मधुमेहका थुप्रै लक्षण कम हुनथाल्छ । यसबाहेक यसले मधुमेहमा कब्जियतको समस्या पनि टाढा राख्छ र गेस्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट डिसफंक्सन पनि रोक्छ ।

५. कोलेस्ट्रोल कम गर्छ : कोलेस्ट्रोल मोटोपना, मधुमेह र मुटुरोगको कारण बन्ने गर्छ । यस्तोमा तपाईंले आफ्नो कोलेस्ट्रोल नियन्त्रण गर्नु होस् । खाली पेट मेवा खाँदा यसको फाइबर आन्द्रामा जमेको ब्याड कोलेस्ट्रोल र बोसोलाई कम गर्न मद्दत गर्छ । साथै यसले लिपोप्रोटिनको पनि काम गर्छ र हाई कोलेस्ट्रोलका कारण हुने रोगबाट जोगाउने गर्छ । साथै, खाली पेट मेवा खाँदा छालालाई पनि फाइदा पुग्छ । वास्तवमा, यसले शरीरलाई डिटक्स गर्न र रगत सफा गर्छ । यसका कारण छालामा प्राकृ तिक निखार र चमक आउँछ ।

प्रतिक्रिया दिनुहोस्