कहिले हुन्छ साहस उर्जाको आईपीओ बाँडफाँड ?

काठमाडौं : साहस उर्जाको आईपीओकाे कहिले बाँडफाँड हुन्छ भन्ने धेरैको चासो छ। असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन्। कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।

कम्पनीको बिक्री प्रबन्धक एन आइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजे सम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जस मध्ये ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्ब’न्धमा मध्यम जोखिम रहेको जनाउँदछ । बिक्रि प्रबन्धकका अनुसार अहिले शेयर आवेदनको भेरीफाइ गर्ने काम गरिरहेको र बाँडफाँड कहिले भनेर अझै एकिन नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्