हेर्नुहोस आजको राशिफल : असोज २४ गते आइतबार, यी राशिहरूकाे च’म्किनेछ भाग्य !

काठमाडौं : वि सं २०७८ साल असोज २४ गते, आइतबार, आश्विन कृष्णपक्ष। ईश्वी सन् २०२१ अक्टोबार १० तारिख । नेपाल संवत् ११४१। ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चतुर्ती, ८ः५५ बजे उप्रान्त पञ्चमी । नक्षत्र– अनुराधा, २०ः२३ बजे उप्रान्त ज्येष्ठा। योग– आयुष्मान्, २०ः३३ उप्रान्त सौभाग्य । करण– भद्रा ८ः५५ बजेदेखि वव, १९ः४२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ६ः०१, सूर्यास्त बेलुकी ५ः३८ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्नेछ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयता बढ्नेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक स’ङ्केत प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रे’म वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दा’म्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र लगनशीलताको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – प्रयत्न गर्दा पनि कामबाट फाइदा उठाउन सकिंदैन । यात्रामा झ’न्झट र झमेला आइलाग्न सक्छन् । सामान हराउने वा चोरी हुने ड’र हुन्छ । श’त्रुको चलखेल बढ्नेछ । रो’ग व्याधिको प्रकोप सुरु हुनसक्छ । आहार विहारप्रति सचेतता अपनाउनु पर्छ । झै’झडा र मु’द्दा–मामिला भन्दा टाढा रहेको जाति हुन्छ । बिक्रीबट्टा र व्यापारमा सामान्य फाइदाको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न स’किंदैन । व्यापार–व्यवसायमा लगन शील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुनेछ । चि’न्ता, श’ङ्का र छ’टपटी बढाउने सङ्केत छ। पढाइ लेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध सम’स्या देखिने छन् । सोच विचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने स’ङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिने छन् भने काम बिग्रने डरले सताउने छ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउने छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्द्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउने छ । सानो प्रयत्नले ठूलो काम बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – हिम्मतले काम बनाउन सकिने छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने छ । सानो प्रयत्नले ठूलो फाइदा हुने छ । दीर्घ कालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउने छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – समय र नियमलाई बेवा’स्ता गर्दा चुनौती आइलाग्ने छन् । काममा ढिलासुस्ती हुन सक्छ । अ’प्रिय समाचारले दु:खी बनाउने छ । पढाइ लेखाइमा बाधा पुग्ने छ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक स’ङ्कटले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पै’त्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धो’का दिन सक्छन् । भूमि, वाहन र पै’त्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहने छ । अस्वस्थताका बा’बजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ । सह योगको आशा देखाउनेहरूले धो’का दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्