हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले गरे अन्तरदेशीय अन्तर जातीय बिवाह

काठमाडौं–नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन्। पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् । बिवाह पछी उनले ‘जिवनको नया अध्याय सुरु😘😘उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो।

यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।। केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ । सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us😘😘 भन्दै पोस्ट गरेका छन ।

यो पनि,दसैँको अष्टमीको दिन थारु समुदाय ढिक्री पूजा गर्दै : कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा संलग्न भएका छन् । घरका मूली महिला र पुरुषले दिन भर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन्। देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा संलग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए।

‘कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ’उनले भने, ‘पूजा गरेपछि बर्तालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ। जसलाई भेडुवा जगैना भन्ने गरिन्छ।’ रातभर जाग्नु पर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ । बूढापाकाहरुले पुराना गीत गाउने र युवा युवतीले सखियालगायतका नृत्यमा नाच्ने गर्दछन्। अष्टमीको राति नाचगान गरी नाच्नेले दसैँको दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्