बोनस सेयरबाट नबिल बैंकको १०० कित्ता हुनेले पाए ४८ हजार

काठमाडौं । नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च वृद्धि भएको देखिएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका अनुसार नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च रुपले वृद्धि हुने देखिएकाे हाे । नबिल बैंकले सेयरधनीहरुलाई कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३३.६० प्रतिशत स्टक र ४.४० प्रतिशत नगद लाभांश रहेको छ ।

३३.६० प्रतिशत स्टकलाभांशलाई आधार मान्दा १०० कित्ता सेयर हुने सेयरधनीले कुल ३३.६० कित्ता सेयर पाउँछन्। ३३ं.६० कित्ता सेयरलाई बिहीबारको बजार मूल्य १४३० रुपैयाँसँग तुलना गर्दा सेयरधनीहरुको सम्पत्ति ४८ हजार ४८ रुपैयाँले बढ्छ भने सेयरधनीको कुल सम्पत्ति अर्थात पोर्टफोलियो १ लाख ४८ हजार ४८ रुपैयाँको हुन आउँछ । यस्तै, गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको दोस्रो सूचीमा हिमालयन बैंक छ ।

हिमालयन बैंकले पनि सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशको २१.३६ स्टक र ४.६४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। १०० कित्ता सेयर हुने हिमालयन बैंकका सेयरधनीले कुल २१.३६ कित्ता सेयर लाभांशका रुपमा पाउँछन् । यद्यपि अहिले हिमायन बैंकको सेयर कारोबार भने रोक्का छ । गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले कुल लाभांशमध्ये २० प्रतिशत स्टक र १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बिहीबारकोको सेयर बजारको मूल्य अनुसार बैंकको सेयर मूल्य ४४१ रुपैयाँ छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीले २० कित्ता सेयर पाउँछन् ।२० कित्ता सेयरलाई ४४१ रुपैयाँ सेयरमूल्यसँग गुणन गर्दा सेयरधनीको सम्पत्ति ८ हजार ८ सय २० रुपैयाँले बढ्छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीहरुको सम्पत्ति लाभांशपछि कुल ५२ हजार ९ सय २० हुन आउँछ । बैंकिङ्ग समाचारबाट साभार

प्रतिक्रिया दिनुहोस्