नखानुस् खाली पेटमा यी ७ खानेकुरा

काठमाडौं : काठमाडौं– आवश्यकता भन्दा बढी वा कुबेला खाएको खानाले पेटमा खराबी हुने मात्रै नभएर वि’ष समान हुन्छ । यसले अन्य कैयन समस्याहरू पनि जन्माउँछ । हामीले एकदमै मनपराउने र दैनिकरुपमा खाने खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ । कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ ।

केरा : केरा दूधसँग खायो भने वजन बढ्छ, तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन। किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुई गुणा बढ्छ। शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच, पेट फुल्ने तथा एसिडको समस्या बढ्छ । त्यसैले केरा खाली पेटमा नखानु नै बेस ।

सखरखण्ड : सखर खण्ड खानमा निकै मिठो किन नहोस्, तर यो खाली पेटमा खाँदा कत्ति पनि फाइदा गर्दैन । सखर खण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको सम’स्या बढ्छ । यसले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।

काँचो गोलभेंडा : काँचो टमाटर स्वास्थ्यका लागि फाइदा जनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा खान बाट बच्नुस् । किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने समस्या उत्पन्न हुनसक्छ । खाली पेटमा टमाटर खाँदा पथरीको खतरा पनि दुईगुणा बढ्छ ।

सोडा : ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने सम’स्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

औषधि : केहीलाई छोडेर प्राय औषधि खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँग अवश्य सल्लाह लिनुस् ।

अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्को’हल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाइकन र’क्सी सहित अल्को’हल जन्य पदार्थ नखाएकै बेस ।

दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार जस्तै नै भइसक्यो। तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस्। यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको सम’स्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्