हेर्नुहोस आजको राशिफल : पौष २४ गते शनिवार, यी राशिहरूकाे च’म्किनेछ भाग्य !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा अशान्ति र छ’टपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ। खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ। सामाजिक सभा समारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अ’कर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन पनि सक्छ । आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ। चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुन सक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मु’द्दा मामिला र झै झ’गडाबाट टाढा रहनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कल्पना, भावना, प्रे’म सम्ब’न्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन। सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचे जस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – धा’र्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मान सम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका हरेक प्रयास सफल हुने छन् । बिगतमा भएका कमी कमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनुपर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्नसक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदु:खीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सानातिना काम र घरेलु सम’स्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनु पर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारी साधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ। बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन्। मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रे’म तथा प्र’णय प्र’सङ्गका लागि अनुकूल समय छ, दा’म्पत्य जीवन असल हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद हुने सम्भावना छ। प्रे’म स’म्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । मानसिक क्षमता घट्दै गएको अनुभूति हुनेछ । छटपटी र असन्तुष्टि बढ्नेछन्, झै झ’गडा र विवा’दले तनाव बढ्ने भएकाले सतर्क रहनु पर्छ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ। बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । श’त्रुहरू परा’जित हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – शरीरमा आ’लस्यले डे’रा जमाउने छ । मानसिक तना’व र उल्झनलाई झेल्नु पर्ने छ । महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनु हुन्छ भने गो’प्य राखेमा मात्र सफलता पाउनु हुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिबृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुने छ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जाने छ । दाजुभाइ र बन्धुबा’न्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने छ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनमा देखिएका निराशा र खिन्नता क्रमश: हट्दै जानेछ। बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दु:खसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताके अनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्