आजको राशिफल : वि.सं. २०७८ पौष २६ गते सोमवार, यी राशिहरूकाे च’म्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुने छैन । ब’न्द व्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दु:खसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ब’न्द व्यापार र उद्योगधन्दामा सफल नै भइने छ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ। अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्नेछ, काम धन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्न सक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – उद्योगधन्दा र ब’न्द व्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन। श’त्रु पक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचे जस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचे जस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – भाग्यबलमा अभिबृद्धि हुनेछ । धा’र्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्ने छ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दै छ, अत: व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – परोपकार र धा’र्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउने छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ, तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सुरुवातमा मन प्रफुल्ल रहनेछ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्य सम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन्, तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मनमा नानाथरिका कल्पना र भावना जाग्नेछन् । घरिघरि मानसिक अशान्ति र छटपटी बढ्नसक्छ । दिन ढल्दै जाँदा माया प्रे’म र पारिवारिक सुखका निमित्त अनुकूलता बन्न सक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । विपरीत लि’ङ्गीप्रति आकर्षण बढ्नेछ र भोग विला’समा तिर्सना जाग्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – ब’न्द व्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुने छ । इष्ट मित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वाद विवा’दको स्थिति सिर्जना हुनसक्छ वा कुनै झै झ’गडा, कि’चलो र विवा’दमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निरा’शा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ। दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुने छ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । ब’न्द व्यापारमा लाभै हुनेछ । प्रे’म सम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी सम’स्याहरू देखापर्न सक्छन् । पति प’त्नी वा प्रे’मी/प्रे’मिकाका बीचमा मनोमालिन्य हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – ब’न्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहनेछ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा प्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मित्रवर्ग र बन्धुवा’न्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकी पख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्