ओ’मिक्रोन भेरियन्ट : यस्ता देखिन्छन् लक्षण, के-कस्ता सावधानी अपनाउने ?

काठमाडौं : नेपालमा (को-भिड १९) को नयाँ भेरियन्ट ओ’मिक्रोन समुदायस्तरमा फैलिएको हुन सक्ने विज्ञहरुले बताएका छन्। हालसम्म ओ’मिक्रोनबाट सं’क्रमित हुनेको संख्या २७ पुगेको छ। को-रोना भाइरसको डेल्टा र परिवर्तित ओमि क्रोन भेरियन्ट सं’क्रमित पुष्टि हुने क्रम बढेको छ। पुस महिनामा मुलुकभरबाट र्‍यान्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको थियो।

१ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस जिन स्क्रिनिङ गर्दा २ सय ५० वटा नमुना (२२ प्रतिशत)मा एसजिन नेगेटिभ आएको थियो। जसमध्ये २४ जनामा ओ’मि क्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अघि नेपालमा पहिलो पटक मंसिर २० गते नेपालमा पहिलो पटक दुईजनामा ओ’मिक्रोन सं’क्रमण पुष्टि भएको थियो। त्यसपछि पुस ७ गते अर्को जनामा ओ’मिक्रोन सं’क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

छिमेकी मुलुक भारतमा पनि को-रोना भाइ’रससँगै ओ’मिक्रोन सं’क्रमण तीव्र रुपमा फैलिरहेको छ। भारतमा एकैदिन करिब २ लाखमा को-रोना सं’क्रमण पुष्टि भएको छ भने ओमि’क्रोन सं’क्रमितको संख्या ४ हजार नाघिसकेको छ। को-रोना भाइ’रसको नयाँ ओ’मिक्रोन भेरियन्ट अघिल्लो डे’ल्टा स्ट्रेनभन्दा हल्का रहेको बताइएको छ । धेरै विज्ञहरूले पनि ओ’मिक्रोन सं’क्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी पनि गरिरहेका छन्।

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले मंगलबार चेतावनी जारी गर्दै यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो। डब्ल्यूएचओले ओ’मिक्रोनको फैलावट अझै स्थिर नभएको बताएको छ। युरोपका लागि डब्लुएचओका वरिष्ठ आपत कालीन अधि कारी क्याथरिन स्मलवुडले मंगलबार पत्रकार सम्मेलनमा भनिन्, ‘हामी अझै ठूलो अनिश्चितताले घेरिएका छौं। भाइरस अझै तीव्र गतिमा विकसित भइरहेको छ।

नयाँ चुनौतिहरु देखा परिरहेका छन् । हामी अझै यो महामारीलाई सीमित रोग घोषणा गर्ने स्थितिमा छैनौं।’ओ’मिक्रोन सं’क्रमण हुँदा बिरामीमा के कस्ता लक्षणहरु देखिन्छन् र यसबाट बच्न उपायबारे भाइरोलोजिष्ट डा.सुदीप खड्काले दिएको सुझाव जस्ताको त्यस्तै

– यो निकै छिटो फैलिन सक्छ ।

– खोप लगाएकालाई पनि सर्न सक्छ ।

– अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ ।

– सामान्यतया पहिलेका भन्दा मत्थर भएपनि केही व्यक्तिमा गम्भीर समस्या आइपर्न सक्छ ।

– संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ ।

– पहिलेको जस्तो उपचारको अभाव मा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायकलाई आवश्यक छ ।

– संक्रमितको सम्पर्कमा आएको थाहा हुनासाथ आफूलाई आइसोलेट गरौं ।

– कन्ट्याक्ट त्रेसिङ र टेस्टको दायरा बढाएर गरेर सकेसम्म धेरै संक्रमित लाई पहिचान गरौं ।

– हवाई वा स्थल नाकाबाट छिर्ने सबैलाई अनिवार्य पीसीआर गर्ने व्यवस्थापन गरौं ।

– खोप अभियान तीब्र पारौं। स्मरण रहोस् खोप लगाएको २-४ हप्ता पछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ ।

– जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ ।

– मास्क को प्रयोग अनिवार्य गरौं ।

– फेरि लक डाउन र बन्द गर्नु पर्ने स्थिति आउन दिनु हुँदैन ।

– यसपालि त जागरुक बनौं ।

भाइरोलोजिष्ट सुदीप खड्काको फेसबुकपेजबाट

प्रतिक्रिया दिनुहोस्