दुवै बैंकलाई ३ वर्षसम्म लाभांश वितरणमा बन्दे’ज, पाउने सुविधा पनि रोक्छाैं : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमायन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कडा कार’वाही गर्ने बताएको छ । मर्जरको अन्तिम तयारीमा रहेका दुई बैंकले अन्तिम आवरमा आएर मर्जर भाँडे पछि राष्ट्र बैंकले कडा कारवाही गर्ने बताएको हो । दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयन बैंकले आज साधारणसभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । तर, बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसंगै मर्जर असफल भएको हो ।

राष्ट्र बैंकले यी दुवै बैंकलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० अनुसारको कारबाही गर्ने बताएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब राष्ट्र बैंक कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए। उनका अनुसार दुई बैंकको सञ्चालक समितिले डिमर्जको पत्र राष्ट्र बैंकलाई पठाएपछि राष्ट्र बैंकले डिमर्ज गर्ने र कारवाही प्रक्रिया पनि अगाडि बढाउनेछ ।

‘हामीले डिमर्ज पनि गरिदिन्छौं, पहिले हामी सञ्चालकहरुलाई सचेत गराउँछौं, दोस्रो अर्को संस्थासँग मर्जर नभएसम्म तीन वर्षसम्म लाभांश दिन रोक लगाउने, तेस्रो,शाखा कार्यालय खोल्न बन्देज गर्ने र राष्ट्र बैंकबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधाबाट बञ्चित गर्ने छौं,’ उनले भने । विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तिमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । बिशेष प्रस्ताव अस्वीकृत भएपछि हिमालयन बैकको बार्षिक साधारण सभामा संचालकहरु बीच नै बाद विवा’द भएको छ । विकासन्युजबाट साभार

प्रतिक्रिया दिनुहोस्