प्रदेश-१ अर्थमन्त्रीको सम्पति विवरण : २ करो’ड ९० लाख ऋ’ण

काठमाडौं । प्रदेश–१ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले करिव ३ करोड ऋण भएको विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री कार्यालयलले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पति विवरणमा मन्त्री आङ्वोको २ करोड ९० लाख ऋण रहेको विवरण प्रस्तुत गरिएको हो । शेरधन राई मुख्यमन्त्री रहेका बेला पनि अर्थमन्त्री भएका उनी अहले पनि माओवादी केन्द्रका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

विवरणमा आङ्वाले २०६९ सालमा नेपाल ईन्भेष्टमेन्ट बैँकबाट २ करोड ३५ लाख रुपैयाँ ऋ’ण लिएको उल्लेख गरेका छन् । त्यस्तै एनएमबी बैँकबाट घरकर्जाको रुपमा २०७७ सालमा ५५ लाख लिएको विवरणमा उल्लेख छ । त्यस्तै गरी उनले आफ्नो एक स्कुटर, बंगुर फार्ममा २५० वटा बंगुर पनि रहनुका साथै ३० लाखको फेन्सी पसल संचालन गरेको जनाएका छन् ।

त्यस्तैगरी मन्त्री आङ्वोले दाई यामकुमार आङ्बोको नाममा ५ रोपनीमा पैतृक घरजग्गा रहेको, श्रीमती कुमारी लावतीको नाममा झापामा १ कठ्ठामा घर,बुवा नरेन्द्र आङ्बोको नाममा पाँचथरमा ५० रोपनी पैतृक जग्गा,श्रीमती कुमारीको नाममा झापामा ३ कठ्ठा जग्गा ब्यापारबाट खरिद गरेको र मिक्लाजुङ कृषि कम्पनी प्राइभेट लिमिटेडको नाममा ईलामको चुला चुलीमा २ बिगाहा जग्गा बैँकबाट कर्जामा लिएको उल्लेख गरेका छन् । त्यस्तै गरी श्रीमती र आफ्नो नाममा ५ लाख १५ हजार नगद रुपैयाँ बैँक तथा सहकारीमा रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्