सर्लाहीमा बस दुर्घ’टना, १६ जना घा’इते

सर्लाही, माघ ४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा मङ्गलबार दिउँसो यात्रु बस दुर्घ’टना हुँदा १६ जना यात्रु घा’इते भएका छन् । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस दिउँसो मङ्गलबार सवा २ बजेतिर अ’नियन्त्रित भएर पल्टि’एको हो । पोखरबाट काकडभिट्टा चल्ने अग्नि बस दुर्घ’टनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घ’टनाका घा’इते मध्ये १५ जनाको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । घा’इतेको अवस्था सामान्य रहेको हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनु भयो । ग’म्भीर घा’इते महोत्तरीको बर्दिवास नगरपालिका–२, की ३६ वर्षीया विमला सेन्चुरीलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घ’टनापछि चालक फ’रार छन् ।

यो पनि, नेप्सेमा १० अंकको करेक्सन : शेयर बजारमा १० अंकको करेक्सन देखिएको छ । केही दिन यता लगातार जसो बढिरहेको शेयर कारोबार मापक नेप्से परि सूचक मंगलबार भने १० अंकले घटेको हो । नेप्से परिसूचक ०.३७ प्रति तशले घटेर २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा झरेको छ । मंगलबार बजार खुलाभएसँगै झिनो अंकले बढेको बजार दिनभरको उतारचढाव पछि अन्तिममा घटेर बन्द भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै देखिएको छ ।

दिनभर १ करोड ६० लाख कित्ता भन्दा धेरै शेयर कारोबार हुँदा कारोबार रकम ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ नाघेको छ । बजार घटे पनि केही कम्पनी हरुको शेयर मूल्य भने राम्रै बढेको छ । सबै भन्दा बढी शेयर मूल्य बढ्नेमा सामलिङ पावर कम्पनी देखिएको छ । यसको ९.४९ प्रतिशतले बढेर शेयर मूल्यमा ६४९ दशमलव ३० रुपैयाँमा पुगेको छ । यसैगरी मध्यभोटेकोशी हाइड्रोपावर, बुद्धभूमी हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्