ललितपुर प्रशासनको आदेश : ‘मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू’

काठमाडौं । ललितपुर जिल्लामा सन्चालित सार्वजनिक यातायातका साधनहरुमा मास्क नलगाएका व्यक्तिलाई प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज जारी गरेको २७ बुँदे नयाँ आदेशमा उक्त बुँदा पनि उल्लेख छ ।

यदि कुनै व्यक्ति मास्क नलगाई गाडी चढ्न आएमा त्यस्ता व्यक्तिसँग बढीमा पाँच रुपैयाँ लिएर मास्क दिन पनि चालक वा सहचालकलाई भनिएको छ। यसैगरी सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, गाडीको ढोकामा सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्ने र सवारी साधनलाई दैनिक नि’संक्रमण गर्नुपर्ने छ ।

गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्न निर्देशन जारी गरिएको छ । यदि भौतिक रुपमा उपस्थित भई कार्यक्रम गर्नुपर्ने भएमा माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका २५ जना व्यक्तिहरुमात्र उपस्थित भएर गर्नुपर्ने छ ।कुनै संस्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्न जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल र हाटबजारलाई माघ १५ गतेसम्म रोक लगाइएको छ। विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सन्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापद’ण्ड पालना गरी सन्चालन गर्न पाइने छ ।

धा’र्मिक स्थलहरुमा माघ मसान्त सम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न भनिएको छ । बिवाह, ब्रतव’न्ध, न्वारन, पास्नी जस्ता कार्यक्रम जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई बढीमा ५० जना मात्र उपस्थित भएर र जन स्वास्थ्यको मापद’ण्ड पालना गरेर गर्नुपर्ने छ ।

सबै प्रकारका व्यवसायहरुको अग्रपंक्तिको काउन्टरमा रहेर काम गर्ने कर्मचारीलाई सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउन भनिएको छ । जुन सुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा को-भिड १९ को लक्षण देखिएका अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र पाँच दिनपछि को-भिड परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन प्रशासनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्