पोशाकमै चिसापानी पुगे भारतीय प्रहरी यस्तो रहेछ रह’स्य

धनगढी: पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षा कर्मीलाई सामान्य सोधपुछ पछि छाडिएको छ। भारतको उत्तर प्रदेश स्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाक सहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए।उनीहरूलाई सामान्य सोधपुछ पछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए।

उनीहरूले भ्रमण वर्षको अवसरमा कणार्ली पुल घुमघामका लागि आएको बताएपछि छाडिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत काम कारबाही तथा गति विधी गरेर फर्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ।

यो पनि पढनुहोस :- आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले बुधबार राति देखि विभिन्न ठाउँमा हिउँ र पानी पार्ने देखिएको मौसम विद् गङ्गा नगरकोटीले जानकारी दिए। उहाँका अनुसार यसकै प्रभावले बुधबार राति पश्चिमका थोरै ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना छ ।

बुधबार राति पश्चिममा पानी र हिमपात पार्ने प्रणाली मध्य हुँदै पूर्व सर्ने भएकाले बिहीबार दिउँसो काठमाण्डौ सहित मध्य क्षेत्रमा पनि पानी पर्ने छ। साथै बिहीबार बेलुकीदेखि पूर्वमा पनि पानी र हिउँ पर्ने उहाँले जानकारी दिए। बिहीबार र शुक्रबार देशभरिकै मौसम बदली भइधेरै ठाउँमा वर्षा र हिमपात भए पनि शनिबार दिउँसोपछि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको अनुमान छ। मौसम बदली भएसँगै राम्रोसँग घाम नलाग्दा चिसो बढ्नेछ। यसैबीच बुधबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्