विश्वकर्मा र राणाबीच काठमाडौंमै मा’गी विवाह

काठमाडौं : बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो। जग्गेको छेऊमा तामाको खड्कुँला माथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए। दुलहा दलित थिए, दुलही राणा । केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप¥यो ।

दुलहीका मामाले जवाफ दिदै थिएँ : छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । वेहुली पक्षका कोही हुन्क्यार, सानो स्वरमा भनिरहेका थिए पानी नै त किन पिउनु र? सायद दलित जातिको पानी किन खानु भनेको हो कि? दुलही की आमाले भन्दै थिईन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त ।

यो महान विचार सहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छु’वाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको वि’भेदलाई हटाउनका लागि ललितपुरका राणा परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् । ललितपुर गोदावरीका राजवहादुर राणा र भूमिका राणाले आफ्नी छोरी सुम्निमा राणालाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासंग विवाह गरिदिएका हुन् ।

सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखिनै काम गर्दै आएका छन्। उनीहरुवीच केही समय अगाडि देखिको प्रेम थियो, जसलाई पूर्ण बनाउन केटा पक्षले केटीको घरमै गएर मगनी गर्दा राणा परिवारले जातपात सामाजिक रुढी वादी र समाज विकासको कलंक रहेको भन्दै कुनै नाइनास्ती नगरी सहर्ष स्वीकार गरी विवाह गरिदिने निर्णय गरेका थिए ।

दुवैपक्षका नातागोता, आफन्त इष्टमित्र भेला भई दुवैलाई जग्गेमा राखी विवाह गरिदिएका हुन् । दुलहा विश्वकर्मा समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोरा हुन् । उनी अमेरिकामा बसेर मास्टर गर्दैछन् भने सुम्निमा पनि अमेरिकामा बसेर आइटी इन्जिनियर गरी काम गरिरहेकी छन् । उनी सेन्ट जेभिएर स्कुलकी फष्ट विद्याथी थिईन् । दुवै वीच भएको मगनी विवाहले समाजमा व्याप्त रहेको जातपात व्यवस्था केवल जातिवादी आडम्वर र रुढीवादी सोच रहेकोले प्रमाणित गर्दै यस्तो अन्तर जातीय विवाहले सवै जातिवीचमा भाइचारा, एकता र सहिष्णुता कायम गर्न उदाहरण दिएको छ । दलित अनलाईन डटकमवाट साभार

प्रतिक्रिया दिनुहोस्